Saturday, January 30, 2021

एउटा प्रश्न सोध्नु छ

 

 1000+ Engaging Couple Goal Photos · Pexels · Free Stock Photos
 
 
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
थुप्रै चाहना छन् मेरा, के सबै पुर्याउन सक्छौ?
 
सुरु सुरुमा यस्तै त हो नि, सबै राम्रो लाग्छ
'हाँसो मेरो' 'दु:ख तिम्रो' होइन, सबै 'हाम्रो' लाग्छ
पछिसम्मै मसँग हुँदा यसरी नै रमाउन सक्छौ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
 
एक होइन, धेरै पटक तिम्रो मन दुखाउँला
तिम्रो कुरै नबुझी तिमीसँग रिसाउँला
बिनाकारण नै रिसाए पनि मलाई फकाउन सक्छौ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
 
अहिलेको निश्छल भावना दिनहरु सँगै अल्झिएला
म बदलिन्छु, तिमी बदलिन्छौ, समय बदलिएला
पछि सबै बदलिँदा पनि मलाई अपनाउन सक्छौ ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?
 
तिम्रो साथ दिने वाचा त गरुँला, तर बीच बाटोमै हात छुट्यो भने
जुनी जुनीलाई गाँसेको साइनो आधी जिवनमै टुट्यो भने
गलती मेरै भएपनी, आफुलाई सच्याउन सक्छौ?
एउटा प्रश्न सोध्नु छ तिमीलाई, जवाफ फर्काउन सक्छौ?



दिपाली झा
#DJ
 



Friday, January 1, 2021

 Couple break up Pictures, Images, Stock Photos | Depositphotos®


बिर्सेर फेरी तेही बाटो हिड्न पुगेछु
उनि सित माया पिरती लाउन पुगेछु
थाहा थियो मायामा धोका पाउछु भनेर
तर पनि उनको सामु झुक्न पुगेछु ।
 
आशिष झा

Monday, December 21, 2020

उनको र मेरो

 










उनको र मेरो अहिले खासै बात हुदैन 

मेरो हातमा अचेल उनको हात हुदैन 

जतिसुकै उनीसंग अहिले टाँढा भएपनि 

उनलाई मैले नसम्झिने कुनै रात हुदैन ।


आशिष झा 

Monday, October 12, 2020

कसरि भुलु









कसरि भुलु म त्यो बाटो, संगै हिड्ने गरेको 

तिमीले मलाई छोडेपछि, एक्लै रुदै बसेको 

तिमि त भयौ पराई अब, भयौ अर्कैको 

तिमि बिना यहाँ जिबन, एक्लै बिताउनु परेको 


दुनियाको सारा खुसि, तिम्रै नाम गर्थे 

तेतीले नि न पुगेपछि, यो ज्यानै सुम्पि दिन्थे 

सुन र चाँदी हिरा र मोति, तिम्रै लागि ल्याऊथे 

आफु राजा न भए पनि, तिमीलाई रानी बनाउथे ।


आशिष झा