कसरि भुलु म त्यो बाटो, संगै हिड्ने गरेको
तिमीले मलाई छोडेपछि, एक्लै रुदै बसेको
तिमि त भयौ पराई अब, भयौ अर्कैको
तिमि बिना यहाँ जिबन, एक्लै बिताउनु परेको
दुनियाको सारा खुसि, तिम्रै नाम गर्थे
तेतीले नि न पुगेपछि, यो ज्यानै सुम्पि दिन्थे
सुन र चाँदी हिरा र मोति, तिम्रै लागि ल्याऊथे
आफु राजा न भए पनि, तिमीलाई रानी बनाउथे ।
आशिष झा